Wednesday, May 18, 2016

मेरो गुल्मी याद आइरहन्छ !


कस्ता भए होलान ति गाउँ घर !
बाचिन्छ कि मरिन्छ के भर ??
मेरो गुल्मी याद आइरहन्छ
बुटवल तानसेन रिँडी र तम्घास
कहिले जाउँला मनमा लाईरहन्छ !

मेरी आमा सम्झेर रुँदी हुन
साथीभाइलाई देख्दा के हुँदी हुन !?
मेरो गाउँघर याद अाइरहन्छ
तिनाउ रिंडी गण्डकी सुसेल्दै
मलाई बोलाए जस्तो लाइरहन्छ !

भञ्ज्याङ अनी चौतारी हरुले
सम्झँदा हुन दौँतरीहरुले
मेरो गुल्मी याद आइरहन्छ
बुटवल तानसेन रिँडी र तम्घास
कहिले जाउँला मनमा लाईरहन्छ !
मेरो गाउँघर याद अाइरहन्छ
तिनाउ रिंडी गण्डकी सुसेल्दै
मलाई बोलाए जस्तो लाइरहन्छ !
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment