एउटा कृषि मन्त्री थिए कमलाकाँ रोपाइँ गर्ने
अर्का कृषि मन्त्री आए गमलामा रोपाइँ गर्ने
पशु मन्त्री पनि दँग गमलाको रोपाइँ हेर्दा
अझै दँग पर्थिन होली धमलाको रोपाइँ हेर्दा
हरे शिव बान्चुन्जेल के के देख्नु पर्ने होला
गमलाको धानखेतिले कृषि क्रान्ति गर्ने होला !
नयाँ नेपाल हो रहेछ साँच्चै नयाँ बनाएछन
गमलामा धान रोपी असार पन्ध्र मनाएछन!
गमलामा धान रोपाइँ गर्या पनि देख्ने भए
गिनिज बुकमा मन्त्रीजीले नाम पनि लेख्ने भए
- रामप्रसाद खनाल
No comments:
Post a Comment