लुटको साम्राज्य छ जताततै
झुटको साम्राज्य छ जताततै
तिनीहरु हुन वा यिनीहरु हुन
नयाँ बोतलमा पुराना रक्सीहरु !
जुट्नेकुरामा नजुटे पनि
खाने र लाने कुरामा जुटेकै छन
देश र जनता भुट्नु भुटेकै छन
आर्थिक सहायता र उपचार खर्चमा
उनिहरुको एक मत छ !
बाँडीचुडी खाने र पालै पालो सत्तामा जनेकुरामा
उनिहरुको एक मत छ !
वा कस्तो एकता !!
बिकास र स्थिरताको कसलाई के मतलब ??
पढ्ने जती हिँडे
पढाउने जती हिँडे
गर्ने जती हिँडे
गराउने जती हिँडे
भिसा पाउने जति हिँडे
निशमन्न छन गाउँघर
लाश उठाउने चिन्ता
बिरामी बोक्ने चिन्ता
बाकसमा बिदेशबाट लाश आउँछन
भन यस्तो चिन्ता कसले लिन्छ ??
केही बोल्नै हुन्न हामी
भूपु नेपालीको दर्जा दिन्छ !
यस्तै छ कान्छा देशको अवस्था
लोकतन्त्र, गणतन्त्र, संघीयताको राम्रो छ ब्यबस्था !
- रामप्रसाद खनाल
No comments:
Post a Comment