Sunday, November 13, 2016

मेरी तरकारीवाली !

मेरी तरकारीवाली तिमी 
घरमा हुँदा घरवाली तिमी
बाहिर हुँदा बाहरवाली तिमी 
म रुँदा सँगसँगै रुनेवाली तिमी
म हाँस्दा सँगसँगै हाँस्नेवाली तिमी
भुँडे पेट पल्टाएर म नाच्दा
म सँगसँगै नाच्नेवाली तिमी
म बाँच्दा सँगसँगै बान्च्नेवाली तिमी
मोटाउँदा मोटी फर्सी जस्ती फर्सीवाली तिमी
दुब्लाउंदा दुब्लि मार्सी धान जस्ती वाली तिमी 

भात पकाएर खान दिँदा भातवाली तिमी
भात खान नदिँदा मातवाली तिमी
रिसाउँदा रिसै रिसको खातवाली तिमी
खुसाउँदा खुशीको उपल्लो जातवाली तिमी
घुर्की लगाउँदा घुर्कीवाली तिमी
फुर्ती लाउँदा फुर्तिवाली तिमी
खुल्ला पैसा राख्ने भुड्किवाली तिमी
तिमी मेरा लागि वाली नै वाली छौ !
म दँग हुँदा दँगवाली तिमी
म फुरुङग हुँदा फुरुङगवाली तिमी
तिज आउंदा मेरो ढाडै सेक्ने गहनावाली तिमी
मेरै कमाइ मलाई नै लहना लगाउने लहानावाली तिमी
बुढाले सताउलान भनेर बहाना पार्ने बहानावाली तिमी
बिदेश मन्त्रालय भन्दा
गृह मन्त्रालय चलाऊन खोज्ने गृहवाली तिमी !
तिम्रो महानता म कवितामा कसरी अटाउन सक्छु र !
तिमी वाली नै वाली छौ
गोर्खाली वाली के वाली !!
लक्ष्मी, दुर्गा, सरस्वती तिनीहरु के को वाली ??
गोर्खाली तरकालीवाली, के को तरकालीवाली !!
तिमी पो छौ मेरी तरकारीवाली, सबै वाली !
त्यसैले चिन्ता नगर प्रिय
म गोर्खाली तरकालीवाली तिर आँखा लाउंदै लाउँदिन
मेरो आँखामा उ आउन पाउँदै पाउँदिन !
- रामप्रसाद खनाल

No comments:

Post a Comment