
केही मात्र गरी बस्नुस, यो त गयो भन्छन यहाँ !
अलिकती मात्र गर्नुस्, नानाथरी भन्छन यहाँ !
अली बढी राम्रो गर्नुस्, इर्श्या डाहा कन्छन यहाँ !
सुख छँदै छैन आमा, मान्छे भएर जिउन यहाँ
झुटको जहर पिलाउँछन, पर्दैन नि पिउन यहाँ !
मान्छे मान्छे सँग जल्छन, आगो पनि चाहिन्न यहाँ
जिब्रो नटोके सम्म त, गुणगान पनि गाइन्न यहाँ !
पशुपँक्षी बरु मिल्छन, मिल्दैनन नि मान्छे यहाँ
पकाउनै नज्जानेले, बन्न खोज्छ भान्छे यहाँ
यस्तै रहेछ यहाँको चलन, बुझाउँछु चित्त यहाँ
ढुङ्गै ढुङ्गा भरिएका, छन है पित्तैपित्त यहाँ !
जिउँदै मर्छन मार्छन् मान्छे, छन है यस्तै यस्तै यहाँ
मान्छे भएरै जन्मेपछी, छोडि जाउँर भन्नुस् कहाँ ??
ज्युँदो हुँदा खुट्टा तान्छन, मरे फुल चढाउंछन
लाश खरानी भएपछी, गुणगान पढाउंछन !
- रामप्रसाद खनाल, फेब्रुअरी ०२, २०१९, अमेरिका
No comments:
Post a Comment