
आफ्नो पन हराउँदै गएछ काठमाडौं
आफ्नैको मन हराउँदै गएछ काठमाडौं
आफ्नैसँग आफ्नै टाढा हुँदै गएछ काठमाडौं
खोई कुन्नी किन यति बिघ्न भएछ काठमाडौं !
झरी मात्र होइन स्वार्थै स्वार्थले हिलाम्मे छ काठमाडौं
बाटाघाटा भन्दा पनि मन बिग्रिनेहरुको राजमार्ग भएछ काठमाडौं
आफ्नैसँग आफ्नै जल्नेहरुको भएछ काठमाडौं
इर्श्या डाहाले बल्नेहरुको भएछ काठमाडौं
हरकुरामा ठगी, ठगहरुको शहर भएछ काठमाडौं
एकदिन मर्न पर्छ भन्ने बिर्सनेहरुको भएछ काठमाडौं
सत्ता शक्ती र भक्तिको राजधानी भएछ काठमाडौं
बिसादी खाएर बाँच्नेहरुको रोगी राजधानी भएछ काठमाडौं
मानवता, नैतिकता, धर्मकर्म सेलाएर गएछ काठमाडौं
हर कुरामा हेर्दा नराम्ररी गएछ काठमाडौं
के भनौं र खोई ! के भएछ भएछ काठमाडौं !!
- रामप्रसाद खनाल, हाल काठमाडौं
जुलाई १२, २०१९
No comments:
Post a Comment